Logo

कोरोना संक्रमित ट्रम्पले गरे ह्वाइट हाउसमा सार्वजनिक कार्यक्रम



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमित भएपछि सार्वजनिक कार्यक्रममा पहिलो पटक सहभागी भएका छन् । विज्ञहरुले भिडभाडयुक्त कार्यक्रम नगर्न सुझाव दिएपनि ट्रम्पले ह्वाइटहाउसमै समर्थकहरुलाई सम्बोधन गरेका हुन् ।

उपचारकै क्रममा रहेका ट्रम्पले सम्बोधनको क्रममा आफूले कोरोना विरुद्धका औषधि लिन छोडेको र आफूले राम्रो महसुस गरिरहेको बताए ।

सम्बोधनका क्रममा ट्रम्पले आफ्ना डेमोक्र्याट प्रतिष्पर्धी जो बाइडेन र डेमोक्रेट पार्टीको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्