Logo

सावधान ! संक्रमणमुक्त भएको दुई महिनापछि देखिन थाल्यो आँखामा कोरोना



Spread the love

एजेन्सी। चीनमा कोरोनासंक्रणबाट मुक्त भएकी ६४ वर्षीया महिलाको आँखामा २ महिनापछि पनि कोरोनाभाइरस भेटिएको छ। एक महिला कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् । केही दिनपछि रिपोर्ट नगेटिभ आएसंगै उनलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएको ८ दिनपछि उनको दाहिने आँखा दुख्न थालेको थियो ।

८ मार्चमा उनलाई अस्पताल भर्ना गरियो । औषधी दिएर पीडा कम गर्ने प्रयास गरिए पनि फाइदा नभएपछि उनको अपरेशन नै गरियो ।

चीनको ऊहानस्थित सेन्टर थिएटर कमान्ड अस्पतलामा महिलाको दुई पटक अपरेशन गरियो ।

अपरेशनका दौरान आँखाबाट लिएको टिस्यूको नमूना जाँच गर्दा त्यसमा कोरोनाभाइरसको प्रोटिन पाइयो । यस्तो अवस्थामा आँखा रातो हुने र सुन्निने गर्छ ।

प्रतिक्रिया दिनुहोस्