Logo

उत्तर कोरियाको भव्य सैन्य परेडमा देखिए ब्यालेस्टिक मिसाइल



Spread the love

एजेन्सी। उत्तर कोरियामा सर्वोच्च नेता किम जोङ–उनको उपस्थितीमा भव्य सैन्य शक्ति प्रदर्शनको आयोजना गरिएको थियो । वर्कर्स पार्टीको ७५ औं वार्षिकोत्सवको मौकामा शनिबार राती भएको परेडमा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको प्रदर्शन समेत गरिएको थियो ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र किम जोङ–उनबीच भएको पहिलो शिखर वार्तापछि उत्तर कोरियाले परेडमा ब्यालेस्टिक मिसाइलको प्रदर्शन गरेको थिएन ।

यो मौकामा दिएको आफ्नो भाषणमा किम जोङ–उनले भने, ‘आत्मरक्षा र हमलाको उत्तर दिनका लागि उत्तर कोरिया आफ्नो सेनालाई बलियो बनाउन जारी राख्नेछ ।’

उनले आफ्नो देशमा कोरोनाभाइरसका कुनै पनि संक्रमित नभेटिएकोमा ईश्वरलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्