Logo

कोरोना संक्रमणबाट वडा अध्यक्षको मुत्यु



Spread the love

२५ असोज, काठमाडौं । आइतबार भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । उनका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्