Logo

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स उक्लियो शिर्षस्थानमा



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग(आइपिएल)मा दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स शिर्षस्थानमा उक्लिएको छ। आइतबार राति शेख जायद रंगशालामा भएको खेलमा मुम्बई इन्डियन्ससँग दिल्ली ५ विकेटले पराजित भएको हो ।

दिल्लीले दिएको १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाउँदै जित निकाल्यो ।

मुम्बईको जितका लागि क्वीटन डीकक र सूर्यकुमार यादवले अर्धशतक बनाए । डीकक ले ३६ बलमा ५३ रन बनाउँदा यादवले ३२ बलमा समान ५३ रन बनाए । इशान किशनले १५ बलमा २८ रनको योगदान गरे ।

दिल्लीका लागि कागिसो रबाडाले २ विकेट लिँदा रविचन्द्रन मार्कुस स्टोनिस र अक्सर पटेलले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । दिल्लीका लागि शिखर धावनले ६९ रनको योगदान गरे । कप्तान श्रेयर ऐय्यरले ४२ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मुम्बईका लागि क्रनल पाण्डेयले २ र ट्रेन्ट बोल्टले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्