Logo

युद्धविराम सम्झौताको उल्लंघन – अर्मेनिया-अजरबैजानबीच पुनः भयो भिडन्त



Spread the love

एजेन्सी। अर्मेनिया र अजरबैजानबीच पुनः भिडन्त भएको छ । युद्धविराम सम्झौता लागू भैसकेपछि पनि दुबै देशबीच थप भिडन्त भएको हो ।

विवादित नागोर्नो–काराबाख क्षेत्रको राजधानी स्टेपनाकर्टमा शनिवार बेलुकी बम विष्फोट भएको छ ।

आक्रमणमा नौ जनाको मृत्यु भएको बताइएको छ ।

दुई साताको लडाइँ पश्चात् दुवै देशले शुक्रवार मस्कोमा अस्थायी युद्धविराम गर्न सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्