Logo

राष्ट्रिय खेलाडी किरणको आक्रोश – खेलाडी चै सधैं काठमाडौंको धुलोमा, तपाईंहरु चै चिलो गाडीमा?



Spread the love

२७ असोज, काठमाडौं। महामारीको रुपमा फैलिएको कोरोनाका कारण ७ महिनादेखि स्थगित भएको नेपालको खेलकुद गतिविधि अझै संचालनमा आउन सकेको छैन । यसैबीच, नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङले सम्पुर्ण खेल सुचारु गर्न आग्रह गरेका छन् । उनलेे राष्ट्रिय खेलकुद परिस तथा सरकारलाई सामाजिक संजालमार्फत खुला पत्र लेख्दै स्वास्थ्यका सबै मापदण्ड पूरा गरि खेलकुदका गतिविधि संचालन गर्न आग्रह गरेका हुन् ।

‘किन एक कान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र। खेलाडी चै सधैं काठमाडौंको धुलोमा तपाईंहरु चै चिलो गाडीमा’, उनले आक्रोश पोखे।

साथै, विश्वभरका खेल संचालनमा आउँदा नेपालको खेल किन सुरु नभएको भन्दै पश्न गरेका छन् ।

उनले यतिका महिनासम्म खेलाडी खेलकुद कुन दुर्दशामा छ भने एउटा भनक पनि चासोको विषय नबनाएको देख्दा फुटबलमा भबिस्य खोज्ने भाइबैनीहरुमा कतिको असर परेको छ भन्दै दुख व्यक्त गरे।

‘फुटबल खेलाडीले खेल्न बिर्सि सके सरकार फुटबल राजनीति जस्तो होइन बोलेर मख्ख पार्ने। फुटबलमा हात खुट्टाले दिमाग लगाएर खेल्ने गरिन्छ चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न । २ खुट्टा चलाए घर परिवार हेर्नू पर्ने हुन्छ ७ महिना देखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ’ भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्