Logo

अर्जेन्टिनाको पुनरागमन जित, उरुग्वे पराजित



Spread the love

एजेन्सी। विश्वकप फुटबल अन्तर्गत दक्षिण अमेरिकी क्षेत्र छनोटको गएराति भएको खेलमा उरुग्वे पराजित भएको छ । इक्वेडरको घरेलु मैदानमा भएको खेलमा उरुग्वे ४–२ गोल अन्तरले पराजित भएको हो ।

मोइसेस काइकेडोले १५ औँं मिनेटमा गोल गर्दै इक्वेडरलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा मिकेल स्ट्रारडाले गोल गर्दै इक्वेडरलाई २–० को अग्रता दिलाए । उसका लागि खेलको ५२ औँ मिनेटमा मिकेल इक्वेडरले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा ३–० को अग्रता बनाए । इक्वेडरका लागि ७५ औँ मिनेटमा गोन्जालो पाल्टाले गोल गर्दै खेलमा ४–० को अग्रता बनाए । लुइस सुआरेजले ८४ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल ४–१ मा पुर्याए ।

इक्वेडरमाथि इन्जुरी समयमा सुआरेजले नै अर्को गोल गर्दै खेललाई फर्काउने प्रयास गरे ।

त्यस्तै, विश्वकप छनोटको दक्षिण अमेरिकी क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले पुनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २४ औँ मिनेटमा मोरेनोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ४५ औँ अर्जेन्टिनाका लागि मार्टिनेजले बराबरी गोल फर्काए । ७९ औँ मिनेटमा कोरेयाले गोल गर्दै अर्जेन्टिनालाई २–१ गोलको जित दिलाए ।

जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्