Logo

नेशन्स लिग – रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलको शानदार जित



Spread the love

एजेन्सी। कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको पोर्चुगलले नेशन्स लिग फुटबलमा शानदार जित निकालेको छ । गएरातिको खेलमा पोर्चुगलले स्वीडेनमाथि ३–० को जित हात पारेको हो । कोरोना संक्रमण पुष्टि भएपछि रोनाल्डो आइसोलेशनमा छन् ।

सिल्भाले खेलको २१ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । पहिलो हाफको एक मिनेट अघि जेटाले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ७२ औं मिनेटमा विलियन कार्भाल्होको पासलाई सदुपयोग गर्दै जेटाले नै पोर्चुगललाई ३–० को जित दिलाएका हुन् ।

पोर्चुगल १० अंकसहित समूहको शीर्ष स्थानमा छ भने स्वीडेन अंकबिहीन छ। समूह ए-३ को खेलमा फ्रान्सले क्रोएसियालाई २-१ गोलले पराजित गरेको हो। फ्रान्सको जितमा केलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यानले गोल गरे। 

प्रतिक्रिया दिनुहोस्