Logo

इटाली र नेदरल्यान्ड्सको बराबरी, पोल्यान्ड विजयी



Spread the love

एजेन्सी। युइएफए नेसन्स लिगमा इटाली र नेदरल्यान्ड्सले बराबरी खेल्दै अंक बाडेका छन्। गएराति इटालीमा भएको समूहमा ए-१ को खेल १-१ गोलको बराबरीमा रोकिएको हो।

खेलको १६ औं मिनेटमा पेलेग्रिनीको गोलबाट इटालीले अग्रता बनायो। २५ औं मिनेटमा भान डे बीकले नेदरल्यान्ड्सका लागि बराबरी गोल फर्काए।

यहि समूहको अर्को खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ३-० गोलले पराजित गरेको छ।

बोस्निया खेलको १४ मिनेटमै १० खेलाडीमा सीमित बनेको थियो। उसका अहमेदोडचिकले रातो कार्ड पाउँदै मैदान छाडेका थिए।

खेलको ४० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पोल्यान्डका लागि गोल गरे। ४५ औं मिनेटमा लिनेटीले पोल्यान्डको अग्रता दोब्बर पारे। ५२ औं मिनेटमा लेवान्डोस्कीले टिमका लागि तेस्रो गोल गरे।

जितसँगै पोल्यान्ड समूहमा ७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ।

त्यस्तै, समूह ए-२ अन्तर्गत ९ खेलाडीमा सीमित इंग्ल्यान्डमाथि डेनमार्कले जित हात पारेको छ। डेनमार्कले घरेलु टिम इंग्ल्यान्डलाई १-० गोलले हराएको हो।

अर्को खेलमा बेल्जियमले आइसल्यान्डलाई २-१ गोलले पराजित गरेको छ।

खेलको नवौं मिनेटमा रोमेलु लुकाकुले गोल गरेर बेल्जियमलाई अग्रता दिलाए। १७ औं मिनेटमा सेइभारसनले आइसल्यान्डका लागि बराबरी गोल गरे। ३८ मिनेटमा लुकाकुले पेनाल्टीमार्फत बेल्जियमको अग्रता २-१ मा पुर्‍याए। लुकाकुले बेल्जियमका लागि गरेको यो ५५औं अन्तर्राष्ट्रिय गोल हो।

जितसँगै बेल्जियम समूहमा ९ अंक जोडेर शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्