Logo

हल्ट प्राइज सिस्टले कार्तिक १ गते कविता प्रतियोगिता आयोजना गर्दै



Spread the love

असोज ३०, काठमाडौँ – सल्लेरी खबर । युवा पुस्तालाई विश्व परिवर्तन गराउन सक्ने नेतृत्व विकास गर्ने उद्देश्य बोकी अगाडि बढेको हल्ट प्राइज सामाजिक उद्यमशीलताको लागि एक स्टार्ट-अप एक्सेलेटरको रुपमा विस्वप्रख्यात भएको छ, जसले विश्वभरका विश्वविद्यालयका विद्यार्थीहरूलाई विश्वव्यापी समस्याहरूको समाधान गरी समृद्ध विश्वको निर्माण गर्न मद्दत पुर्‍याइरहेको छ ।

हल्ट प्राइज सिस्टले यहीँ कार्तिक १ गते विश्व खाद्यान्न दिवसको अवसर पारेर हल्ट २०२१ को चुनौती “FOOD FOR GOOD ” राम्रोको लागि खाना विषयवस्तुमा आधारित शब्द संग्राम कविता प्रतियोगिता आयोजना गर्दै छ । अनलाइन माध्यममा हुने यस कार्यक्रम भोलि दिउँसो ४ बजे देखि ६ बजे सम्म जुम प्लेटफर्ममा प्रत्यक्ष प्रसारण हुँदै छ । कार्यक्रममा कविता प्रतियोगीहरू कविता वाचन गर्नेछन् र निर्णायकहरुले हल्ट २०२१ को विषयवस्तुमा अधारित उत्कृष्ट कवितालाई छनोट गर्नेछन् ।

उत्कृष्ट ३ कवितालाई मङ्सिर १३ गते हुने हल्ट अन-क्याम्पस इभेन्टमा निर्णायक मण्डल द्वारा पुरस्कार वितरण गरिने हल्ट क्याम्पस सिस्टकी उपनिर्देशक दिपा घिमिरेले सल्लेरी खबरलाई जानकारी गराइन ।

शब्द संग्राम कविता प्रतियोगिताको मिडिया पार्टनर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्