Logo

बेनेभेन्टोमाथि रोमाको सानदार जित



Spread the love

एजेन्सी। इटालियन सिरी ‘ए’ मा रोमाले बेनेभेन्टोमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा बेनेभेन्टोमाथि ५–२ को फराकिलो जित निकालेको हो ।

खेलको पाँचौ मिनेटमा जियानलुका काप्रारीको गोलबाट बेनेभेन्टोले अग्रता बनायो । ३१औं मिनेटमा पेड्रोले गोल गर्दै खेललाई बराबरीमा फर्काए । ३५औं मिनेटमा जेकोले गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए । ५५औं जियानलुका लापाडुलाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा फर्काए ।

६९औं मिनेटमा जोर्डन भेरेटआउटले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई ३–२ को अग्रता दिलाए । ७७औं मिनेटमा जेकोको व्यक्तिगत दोस्रो गोल गरेपछि रोमाले खेलमा ४–२ को अग्रता लियो । ८९औं मिनेटमा कार्लेस पेरेजले गोल गर्दै रोमाको ५–२ को सानदार जित पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्