Logo

अस्ट्रियामा तिन सन्तानलाई मार्ने आमा को हुन? किन यस्तो गरिन?



Spread the love

एजेन्सी । अस्ट्रियामा एक नेपाली महिलाले आफ्नै तिन सन्तानको ज्यान लिएकी छन् । उक्त घटना घटेपछि अस्ट्रियामा बस्ने नेपाली स्तब्ब भएका छन् ।

अस्ट्रियाबाट प्रकाशन हुने क्रोनो अनलाइनले ३१ बर्षिय चन्द्रा भट्टराई अर्यालले आफ्नै अपाटमेन्टमा तिन बच्चाहरुको ज्यान लिएको खबर सार्वजनिक गरेको पछि बिश्वभर सनसनी फैलिएको छ।

उनको बास्तविक घर :

गैरवासी नेपालली संघ अस्ट्रियाको उच्च स्रोतका अनुसार ज्यान लिएको अभियुग लागेकी बुटवल घर भएकी चन्द्रा भट्टराई अर्याल हुन् । अर्याल १९ बर्षको उमेरमा बाबुराम अर्याल संग बिहे बन्धन बाँधिन युरोप आएकी थिइन् ।

कस्तो थियो पारिवारिक सम्बन्ध :

स्रोतका अनुसार अर्याल दम्पतिमा लामो समय देखि पारिवारिक समस्या थियो । उनीहरुको झगडाको बारेमा स्थानीय प्रहरीसमेत जानकारी थियो । प्रहरीले उनका श्रीमान अर्याललाई १५ किलोमिटर दुरीभन्दा नजिक आउँन नपाउने गरि प्रतिबन्ध लागेको थियो ।

उनकी छोरीहरु गैरवासी नेपालली संघ लगायका सामाजिक सस्थाहरुको सांस्कृतिक क्रयक्रममा सक्रिय सहभागी हुदै आएका थिए ।

स्रोतका अनुसार केहि समय अघि मात्र आफ्नो परिवार भित्र समस्या रहेको भन्दै केहि सामाजिक संघ सस्थाका अगुवाहरुसंग सहयोग याचना गरेकी थिइन् ।

शनिबार बिहाना भएको घटना बारे प्रहरी सम्पर्कमा गर्दा ति महिला नेपाली भएको अस्ट्रियालागि नेपाली राजदूतावास प्रकाश कुमार सुबेदीले पुष्ठि गरेका हुन्। राजदूतावास अनुसार प्रहरी निरन्तर राजदूतावासको सम्पर्क रहेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्