Logo

धोनीको २०० औं खेलमा हार्यो चेन्नाई सुपर किंग्स



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग(आइपीएल) मा राजस्थान रोयल्सले जीत निकालेको छ । गएराती भएको खेलमा राजस्थानले चेन्‍नई सुपर किङ्सलाई ८ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १२५ रनको लक्ष्य राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।आइपीएलमा यो चेन्नाईका कप्तान धोनीको २००औं खेल थियो। यो हारसँगै चेन्नाईको प्लेअफ सम्भावना मुस्किल बनेको छ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको चेन्नाइका लागि रवीन्द्र जडेजाले ३५, धोनीले २८, साम कुर्रानले २२ रन बनाएपछि चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो।

जवाफमा राजस्थानका लागि जस बटलरले ७०, स्टिभ स्मिथले २६ र बेन स्टोक्सले १९ रन बनाएको थियो।

यता जितसँगै राजस्थानले भने प्लेअफको सम्भावना कायमै राखेको छ। यो जितसँगै पुछारमा रहेको राजस्थान पाँचौं स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्