Logo

बार्सिलोनाको सानदार जित, युभेन्टस र युनाइटेडको सुखद सुरुवात



Spread the love

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा इंंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जीत हात पारेको छ । गएराति भएको खेलमा युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई उसैको मैदानमा २-१ ले हराएको हो ।

२३औं मिनेटमा पेनाल्टी बक्समा एब्डोउ डियालोले एन्थोनी मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसको प्रहारलाई पिएसजीका गोलरक्षक केलर नाभासले रोकेपनि पुनः गरिएको प्रहारमा फर्नान्डेसले गोल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा मार्सियलको आत्मघाती गोलबाट खेल बराबरीमा आएको थियो । खेल सकिन तीन मिनेट बाँकी रहँदा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को जीत दिलाए ।

च्याम्पियन्स लिगको अर्को खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध सहज जित निकालेको छ।

लाजियोको ओलम्पिकाओ रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–१ गोलअन्तरको जित निकालेको हो। जितका लागि सिरो इमोवाइल र जिन डानियल एकेप्रोले समान १–१ गोल गरे।

त्यस्तै, समूह चरणको पहिलो खेलमा लियोनल मेस्सीले १६ सिजनमा लगातार गोल गर्ने कीर्तिमान रच्दा बार्सिलोनाले फेरेन्कभारोसमाथि ५–१ को सानदार जित हात पारेको छ।

च्याम्पियन्स लिग फुटबलको अर्को खेलमा आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको युभेन्टसले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले डाइनामोमाथि २–० को जित निकालेको हो ।

युभेन्टसको जितका लागि दुबै गोल अल्भारो मोराटाले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो दोस्रो हाफमा युभेन्टसका लागि मोराटाले दुबै गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्