Logo

बार्यन म्युनिख र सिटीको च्याम्पियन्स लिगमा शानदार सुरुवात



Spread the love

एजेन्सी। जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ। बार्यनले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्यनको लागि किंग्स्ली कोम्यानले २८ र ७२औँ मिनेटमा दुई गोल गरे ।४१ औँ मिनेटमा लियोन गोरेट्ज्का तथा ६६ औँ मिनेटमा कोरेन्टिन टोलिसोले गोल गरेका हुन् ।

त्यस्तै, म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको समूह ‘सी’अन्तर्गत बुधबार राति भएको खेलमा एफसी पोर्टोलाई ३-१ ले पराजित गरेको छ।

पोर्टोका लुइस डियाजले गरेको गोलसँगै सिटी १४औं मिनेटमा १-० ले पछि परेको थियो।

तर, त्यसको ६ मिनेट नबित्दै फरवार्ड सर्जियो अग्वेरोले २०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए।
सिटीका लागि इल्काई गुन्डगानले ६५ तथा फेरान टोरेसले ७३औं मिनेटमा गोल गरेका थिए।

जितसँगै सिटीले तीन अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्