Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य



Spread the love

६ कार्तिक, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य बढेको छ ।

 बिहिबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९५ हजार २ सय रुपैयाँ रहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्