Logo

चेन्नई सुपर किंग्सको लज्जास्पद हार, मुम्बई उक्लियो शिर्षस्थानमा



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई दश विकेटले पराजित गरेको छ। शारजाहमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ११५ रनको लक्ष्य दिएको थियो।

पहिलो ब्याटिङ गरेको चेन्नइका लागि स्याम करनले सर्वाधिक ५२ रन बनाए । उनको अर्धशतकको मद्दतले चेन्नईले २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रन बनायो । मुम्बईका लागि जसप्रीत बुमराह र राहुल चाहरले २–२ विकेट लिए ।

जवाफमा मुम्बईले १२ .२ ओभरमा विना विकेट ११६ रन बनाएर खेल आफ्नो पोल्टामा पारेको थियो। इशान किशनले नटआउट ६८ र क्विंटन डिककले नटआउट ४६ रन बनाएका थिए।

आईपीएलमा पहिलो पटक चेन्नईले लीग राउण्डमा ८ खेल हारेको छ। यसअघि चेन्नई २०१० र २०१२मा गीगमा ७–७ खेल हारेको थियो। यो पटक हारपछि प्ले–अफका लागि चेन्नईको यात्रा करिव करिव समाप्त भएको छ।

मुम्बई सीजनमा आफ्नो ७ औं जीतसहित अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्