Logo

दसैँको दिन एकै जिल्लाका ३७ जना कोरोनामुक्त



Spread the love

१० कार्तिक, नेपालगञ्ज । सोमबार लक्षण नदेखिएका कोरोना पोजिटिभलाई दशौँ दिन छोड्ने नीति अनुसारआज दसैँको टीकाको दिन बाँकेमा ३७ जना कोरोनामुक्त भएका छन् ।

बाँकेमा २२ पुरुष र १५ महिला यही नीतिका आधारमा डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आठ, नौ र दशौँ दिन चिन्ह लक्षण देखिएको छैन भने त्यस्तालाई छोड्ने नीति लिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्