Logo

दिल्ली क्यापिटल्समाथि हैदराबादको सानदार जित



Spread the love

एजेन्सी । सनराईज हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा गएराति भएको खेलमा हैदराबादले दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको बिशाल २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्ली १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मै समेटियो । दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रनको योगदान दिए ।

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ सुरु गरेको हैदराबादले २० ओभरमा २ विकेटको नोक्सानीमा २ सय १९ रन बनाएको थियो ।

हैदराबादका ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए । वार्नरले ३४ बलको सामाना गर्दै ६६ रन जोडे । रिद्दिमानले ४५ बलमा ८७ रन बनाए ।

जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेको छ । र, हैदराबाद छैटौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्