Logo

बार्सिलोनाका अध्यक्ष बार्टोमेउले दिए राजीनामा



Spread the love

एजेन्सी। क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा दिएका छन् ।समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बार्टोमेउले राजीनामा दिएका हुन् ।

क्लबका २० हजार भन्दा बढी सदस्यले उनलाई हटाउन माग गरी हस्ताक्षर संकलन गरेका थिए ।

२०१४ मा क्लबको अध्यक्ष बनेका जोसेपको कार्यकाल आगामी मार्चमा सकिँदै थियो ।क्लबको प्रदर्शन, आर्थिक अवस्था तथा खेलाडीसँगको सम्बन्धलाई लिएर उनको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्