Logo

सावधान! कोरोना देखिएपछि पाँचभन्दा बढी लक्षण देखिनु खतराको संकेत



Spread the love

एजेन्सी। कोरोना देखिएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु संक्रमणको असर रहिरहने संकेत भएको बैज्ञानिकहरुले जनाएको छ । किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरुले कोरोना भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु दीर्घकालसम्म कोरोना रहेको संकेत भएको बताएका छन् ।

संक्रमणको पहिलो हप्ता थकान, टाउको दुख्ने, सास लिन गाह्रो हुने, आवाज पनि भारी हुने, मांसपेशी र शरीर दुख्नेजस्ता लक्षण देखिए भने दीर्घ कोरोना हुने खतरा हुन्छ ।

कोरोना संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत मानिसमा महिनौंसम्म भाइरसका असर देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्