Logo

आफू र आफ्नो परिवारलाई कोरोनाबाट बचाउन चाहानुहुन्छ ? गर्नुहोस् यस्ता काम



Spread the love

एजेन्सी। विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट आजभोलि बच्न निकै मुश्किल भइसकेको छ । व्यक्तिगत रुपमा नै सुरक्षित नहुने हो भने यो भाइरसले जो कोहिलाई पनि सजिल्यै संक्रमित बनाउने गर्छ । आफू र आफ्नो परिवार सुरक्षित राख्नुपर्ने विभिन्न उपायहरुकाबीच केही चीजहरु भने दिनहुँ सफा गर्नुपर्ने हुन्छ ।

स्मार्टफोन
हरेक व्यक्ति आफ्नो सेलफोन बोकेर जताततै जाने गर्छन् । जसका कारण सेल फोनमा विभिन्न किटाणु र जिबाणु टाँसिने गर्छन् । त्यसैले कोरोना र अन्य संक्रमणबाट बच्न यसको दैनिक सफाई आवश्यक छ ।
मास्क
मास्कको प्रयोग गरिसकेपछि फेरि दोस्रोपटक सफाई नगरी लगाउनुहुन्छ भने सबै किटाणु र फोहोर स्वासप्रश्वास प्रणालीमा छिर्छ र झनै संक्रमण हुने सम्भावना बढी हुन्छ ।
ढोकाको ह्याण्डल
ढोकाको ह्याण्डलको नियमित रुपमा सफा गर्नु पर्छ। किनभने धेरै प्रयोग हुने ढोका खोल्दा र लगाउँदा हातमा भएका किटाणु त्यसमा टाँसिने र अर्कोपटक खोल्दा र लगाउँदा पुनः हातमा सर्ने हुँदा संक्रमण झनै धेरै फैलिन्छ ।

प्रतिक्रिया दिनुहोस्