Logo

मोटोपनाबाट छुटकारा पाउन चिसो मौसममा खानुहोस् यस्ता खानेकुरा



Spread the love

चिसो मौसममा मानिसहरुको खान्की बढ्ने हुँदा तौल तीब्र रुपमा बढ्ने गर्छ । स्वास्थ्य विज्ञका अनुसार चिसो मौसममा केही खानेकुराले तौल घटाउनुका साथै पेटको बोसोलाई पनि निकै कम गर्न निकै प्रभावकारी भूमिका निभाएको हुन्छ । मोटोपनाबाट छुटकारा पाउनका लागि चिसो मौसममा खानुहोस् यस्ता खानेकुरा;
अम्बाः
अम्बाले मानिसहरुको मेटाबोलिजमका लागि पनि निकै फाइदाजनक छ । एउटा राम्रो मेटाबोलिजम मानिसहरुको तौल घटाउनमा पनि निकै मद्दत गर्नसक्छ ।
पानीः
यो मौसममा तातो पानी वा हर्बल टीले तपाईंको शरीरलाई हाइड्रेट राख्ने काम गर्छ भने लामो समयसम्म भोक लाग्न पनि दिँदैन ।
गाजरः
फाइबरले भरपुर गाजरलाई पचाउन शरीरलाई सहज हुँदैन । यसैकारण यो खाएको घण्टौंसम्म पनि भोक लाग्दैन । स्वभाविक रुपमा यदि मानिसहरुलाई भोक लाग्दैन भने उसको तौल आफै कम हुन्छ छ ।
चुकन्दरः
चुकन्दरमा तौल घटाउने फाइबर पाइन्छ । यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ भने यसमा फ्याट शून्य प्रतिशत हुन्छ ।
दालचीनीः
भान्सामा पाइने दालचीनीले पनि चिसोयाममा तौल घटाउने गर्छ । यसले इन्सुलिन पनि नियन्त्रणमा हुन्छ । जसका कारण तौल पनि नियन्त्रणमा रहन्छ ।
मेथीः
चिसो मौसममा मेथीको दाना तौल घटाउनका लागि कुनै गुणकारी औषधीभन्दा कम छैन । मेथीको दानाले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा ल्याउँछ र इन्सुलिनको श्रावलाई बढाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्