Logo

स्थानीय सरकारको पहुँचमा ल्याउन मालिका गाउँपालिकामा समाज कल्याण परिषद् गठन



Spread the love

१८ कार्तिक, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले मालिका गाउँपालिका समाज कल्याण परिषद्को गठन गरेको छ ।

गाउँपालिका भित्रका सुविधाबाट वञ्चित वर्ग,महिला,जनजाति,अपाङ्ग,जेष्ठ नागरिक तथा दलितहरुको सामाजिक,आर्थिक अवस्थाको पहिचान गरि सशक्तिकरण र सवलीकरणका कार्यहरु प्रत्यक्ष नागरिक समक्ष पुर्याउने हेतुले उक्त परिषद्को गठन गरिएको गाउँपालिका सुचना अधिकृत जगत पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै, समृद्ध गाउँपालिका निर्माण अभियानलाई यस समाज कल्याण परिषदले मद्दत पुर्याउने गाउँपालिका प्रवक्ता शोभाखर गिरीले विश्वास व्यक्त गरे । समाज कल्याण परिषद् कार्यविधि २०७७ बमोजिम सबै वडाको प्रतिनिधित्व हुने गरि तुल्सी अर्यालको संयोजकत्वमा १५ सदस्य समिति गठन गरिएको हो ।

समितिका सम्पुर्ण पदाधिकारीहरुलाई गाउँपालिका अध्यक्ष रित बहादुर थापा, उपाध्यक्ष देवा रिजाल अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी, सामाजिक विकास समितिका संयोजक शोभाखर गिरी तथा अन्य वडा अध्यक्षहरुले परिषद्को उद्देश्यमाथि प्रकाश पार्दै निर्देशानात्मक मन्तव्य सहित बधाई ज्ञापन गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्