Logo

एट्लेटिकोको सानदार जित, मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी



Spread the love

एजेन्सी। स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसमाथि ५-२ को सानदार जित निकालेको छ ।

बार्सिलोनाको जितमा मेस्सीले २ गोल गर्दा एन्टोइन ग्रिजमन, पेड्री र ओस्मान डेम्बेलेले १-१ गोल गरे । बेटिसका एन्टोनियो सनाब्रिया र लोरेन मोरोनले १-१ गोल गरे । प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान मेस्सीलाई विश्राम दिँदै पहिलो रोजाइमा खेलाएका थिएनन् ।

यस जितसँगै बार्सिलोनाले अंक तालिकामा आठौं स्थानमा उक्लेको छ । रियल बेटिस भने ९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ ।

अर्को खेलमा फेलिक्सको उत्कृष्ट प्रदर्शनमा एट्लेटिको म्याड्रिडले क्याडिजमाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा फेलिक्सले २ गोल, मार्काेस लोरेन्टे र लुइस सुआरेजले पनि गोल थपेपछि एट्लेटिको म्याड्रिडले क्याडिजमाथि ४–० को सानदार जित निकाल्न सफल भएको हो ।

यो जितसँगै एट्लेटिको ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्