Logo

फोक्सो स्वास्थ्य राख्न चाहनुहुन्छ भने यस्ता काम गर्नुहोस् !



Spread the love

रोग र प्रदुषणको दोहोरो मारका कारण फोक्सोमा नकारात्मक असर परिरहेको छ । त्यसैले यो सफा गर्न निकै आवश्यक रहेको स्वास्थ्य बिदहरु बताउछन् । यसरी फोक्सोलाई स्वस्थ राखी आरमदायी जीवनशैली जिउनुहोस् ।
अदुवाको चियाः
अदुवा चियामा हुने एन्टी इन्फ्लेमेटरी तत्वले श्वास नलीमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न निकै सहयोग गर्छ । साथै, यसमा पोटाशियम, म्याग्नेसियम, जिंक र बिटा क्यारोटिनजस्ता औषधीय तत्व पनि पाइन्छ ।
दालचीनी चियाः
फोक्सोसँग सम्बन्धि समस्या टाढा राख्न दालचीनी चिया पनि निकै उपयोगी हुन्छ । रोमन साम्राज्यमा यसको प्रयोग पाचन र श्वासप्रस्वास नलीको उपचारका लागि गर्ने गरिन्थ्यो ।
बाफः
फोक्सोको सफाईका लागि स्टीम थेरपी सबैभन्दा राम्रो र सहज उपाय हो । पानीको बाफले बन्द भएको एयर प्यासेज खोल्नुका साथै फोक्सोको खकार पनि निकाल्ने काम गर्छ ।
प्राणायमः
दैनिक नियमित रुपमा प्राणायम गर्दा फोक्सोको एयर प्यासेजका लागि राम्रो मानिन्छ । यसो गर्दा छातीमा खकार पनि जम्न दिँदैन ।
ओखरः
अमेरिकन कलेज अफ न्यूट्रिशनद्वारा प्रकाशित एक जर्नलका अनुसार ओखरमा भरपुर मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । फोक्सोका लागि यो निकै फाइदाजनक चीज हो ।
साल्मन माछाः
जुन माछामा बोसोको मात्रा धेरै हुन्छ त्यसको सेवन फोक्सोका लागि लाभकारी हुन्छ । यसमा पर्याप्त मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ ।
गेडागुडीः
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार गेडागुडीको सेवन फोक्सोका लागि निकै फाइदाजनक हुन्छ ।
स्याउः
स्वस्थ फोक्सोका लागि दैनिक एउटा स्याउ खानुहोस् । यसमा भएको भिटामिनले फोक्सोलाई स्वस्थ बनाइराख्छ ।

प्रतिक्रिया दिनुहोस्