Logo

दिलिप पंज्ञानीका तीन गजल !!!



Spread the love

 

मनलाइ उचाईमा पुग्ने, रहर थिएन।
अनि खुट्टालाई हिड्ने, जागर थिएन।।
म बाच्नुको कारण यस्तो थियो,
त्यतिबेला साथमा, जहर थिएन।।
छानो फेर्न प्रदेशिएको हो ऊ,
घर फर्किदा, घर थिएन।।
एकमा एक जोडेर अब,
एक घटाउदा एक, बराबर थिएन।।
०००

जिन्दगीले जिन्दगी, सपार्न खोज्दैन।

यो लङ्गडो जिन्दगी, लतार्न खोज्दैन।।

बोल्नेहरु सबैका, जिब्रा काटिएका छन्
अब बालकले जिब्रो, उमार्न खोज्दैन।।
सोच्न खोज्दा उनी नभए, के हुन्छ दिलले
उनी बिनाको जिन्दगी, स्विकार्न खोज्दैन।।
मरेपछि मात्रै रहेछ, सबको प्यारो हुने
बाचुन्जेल त पानीले नि, उतार्न खोज्दैन।।
०००
आजसँग मलाइ एउटै, डर लाग्ने गर्छ।
भोलीसम्म त निकै लामो, सफर लाग्ने गर्छ।।
भन्छन् हिरा काट्न, हिरा नै चाहिन्छ
अब झिकेर मुटु राख्दिउ, पत्थर लाग्ने गर्छ।।

आमा ? कि बाबा ? एउटा रोज्न पठाउदा

बालकलाई यस्को हुदैन, उत्तर लाग्ने गर्छ।।
चराजस्तै स्वतन्त्र बन्छु, भन्नेहरु सोध !
के चरालाइ फेरि चरा बन्न, रहर लाग्ने गर्छ

०००

०००

 

प्रतिक्रिया दिनुहोस्