Logo

कोरोनाविरुद्धको खोपको सफल परीक्षण भएलगत्तै ह्वात्तै घट्यो सुनको मूल्य



Spread the love

२५ कार्तिक, काठमाडौं। मंगलबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाली बजारमा सुन तोलामा ३ हजार ४०० रुपैयाँ घटेको हो ।

मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच मंगलबार चाँदी तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्