Logo

पाँच हजार उधारो चुकाउन नसक्दा जिउँदै जलाइयो मजदुरलाई



Spread the love

एजेन्सी। भारतको मध्य प्रदेशस्थित गुना जिल्लामा एक मजदुरलाई पाँच हजार भारुको उधारो चुकाउन नसक्दा मट्टितेल खन्याएर जिउँदै जलाइएको छ ।

बँधुवा मुक्ति मोर्चा, गुनाका जिल्ला संयोजक नरेन्द्र भदौरियाले २६ वर्षका विजय सहारिया पछिल्लो तीन वर्षदेखि राधेश्याम लोधाको खेतमा बँधुवा मजदुरको रुपमा काम गरिरहेको र दुबै एउटै गाउँमा बस्ने गरेको जानकारी दिए ।

उनले भने, ‘विजयलाई निरन्तर काममा लगाइन्थ्यो । उसले त्यस दिन राधेश्यामलाई आफूले कतै मजदुरी गरेर उनको पैसा चुकाइदिने बताए । त्यसपछि उनले आफूले मजदुरी गरेबापत् पाइने पैसा मागे । तर यो कुरामा राधेश्याम उनीसँग असाध्यै रिसाए र राधेश्यामले विजयमाथि मट्टितेल खन्याएर आगो लगाइदिए ।’

विजय सहारियाको त्यसको भोलिपल्ट अस्पतालमा मृत्यु भयो ।

राधेश्यामलाई भोलिपल्ट प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्