Logo

अमेरिकामा कोरोना संक्रमित संख्या नाघ्यो एक करोड



Spread the love

एजेन्सी । अमेरिकामा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड एक लाख १० हजार ५५२ पुगेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकले जनाएको छ ।

सोमबार मात्र अमेरिकामा कोरोनाका एक लाख १९ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।

त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३८ हजार २५१ पुगेको छ ।

अमेरिका अहिलेसम्ममा सबैभन्दा धेरै प्रभावित बनेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्