Logo

२०२० को आइपिएलमा कुन खेलाडीलाई के अवार्ड ?



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पर्पल क्याप दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले हात पारेका छन् । रबाडाले १७ खेलमा ३० विकेट लिदै पर्पल क्याप जितेका हुन् ।

पावर प्ले अवार्ड मुम्बईका ट्रेन्ट बोल्टले जिते भने मष्ट भ्यालुएबल अवार्ड राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले जित्न सफल भएका छन् । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए । उनले कुल १ सय १३ रन बनाएका थिए । जसमा १० छक्का सामेल थियो ।

पन्जाबका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले १४ खेलमा १ शतक र पाँच अर्ध शतक सहित कुल ६ सय ७० रन बनाएका थिए । राहुलले गेम चेन्जर अवार्ड पनि प्राप्त गरेका छन् ।

रोयल च्यालेन्जर्स बेंगलोरका युवा ओपनर ब्याट्सम्यान देवदत्त पाडिक्क इमर्जिङ प्लेयर अफ द अवार्ड घोषित हुँदा सर्वाधिक छक्का मुम्बईका ईशान किशनले ३० छक्का प्रहार गर्दै जितेका छन् ।

सुपर स्ट्राइक रेट काइरन पोलार्डले जितेका छन् । उनको जारी सिजनमा १९१.४२ स्ट्राइक रेट रह्यो ।सबै अवार्डको धनराषि समान १० लाख भारतीय रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्