Logo

ट्रम्पले हार स्वीकार नगर्दैमा शक्ति हस्तान्तरण रोकिँदैन : बाइडेन



Spread the love

एजेन्सी। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद कुरा रहेको बताएका छन् ।

गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताएका हुन् ।

तर राष्ट्रपति ट्रम्पले भने ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन् । ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने बाइडेनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्