Logo

जहाँ मान्छे बिरामी हुँदा जिउँदै खाल्डोमा पुरिन्छ



Spread the love

एजेन्सी । जब अन्धविश्वासले मानिसलाई पूर्ण रूपमा छोप्छ तब मानिस पूर्ण रूपमा अन्धो हुन्छ । सामान्य चेतन मस्तिष्कले गर्ने काममा पनि उ विफल हुन्छ ।

नेपालमा पनि अन्धविश्वासले जरा गाडेको छ । विशेषतः विरामी हुँदा धामीझाँक्रीको भर पर्नु एउटा ठूलो अन्धविश्वास हो । यसले धेरै समस्या पनि सिर्जना गरिरहेको छ ।

त्यस्तै, उत्तर अमेरिकी राष्ट्र कोलम्बियाको मोन्टेरियोको प्रान्तमा पनि मानिस बिरामी भएको अवस्थामा खाल्डोमा पुर्दा सन्चो हुन्छ भन्ने अन्धविश्वास रहेको छ । त्यस ठाउँमा मानिसको रोग ठीक गराउँन मानिसलाई जिउँदै खाल्डोमा गाडिएका घटनाहरू प्राय आइरहन्छन् ।

पछिल्लो घटना अनुसार १८ वर्षकी एना बेलेस्ट्रोस नामकी एक युवती कलेजबाट घर आउने समयमा बिजुलीको चोटको सिकार भइन् । अस्पताल पुर्याएता पनि उनको स्वास्थ्यमा सुधार नदेखिएको भन्दै परिवारले उनको शरीरको गर्दनभन्दा तल्लो भाग जमिनमा गाडे ।

क्रमशः उनको शरीरको घाउँ ठीक भयो । उनीहरूले प्राचीन पद्धतीबाट उपचार गर्दा नै एनाको समस्या समाधान भएको र उनी पूर्ण रूपमा ठीक भएको विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्