Logo

विश्वकप एशिया छनाेटकाे दोस्रो चरणका खेल तालिका सार्वजनिक



Spread the love

२७ कार्तिक, काठमाडौं। एसियन फुटबल महासंघ “एएफसी“ ले फिफा विश्वकप छनोट तथा एसियन कप छनोटको दोस्रो चरणका बाँकी खेलको खेल तालिका सार्बजनिक गरेको छ । एएफसीको भर्चुअल बैठकले बाँकी खेल जुन १५ सम्ममा सक्ने निर्णय गरेको हो ।

छनोट खेल अन्तर्गत अब बाँकी म्याच डे ७ र ८ का खेल मार्च तथा म्याच डे ९ र १० का खेल जुनमा हुनेछन् ।

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेल नेपालले घरेलु मैदानमा अब अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्नेछ ।

अक्टोबर र नोभेम्बरमा सञ्चालन गर्ने भनिएका छनोट खेल कोरोना महामारीका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्