Logo

एकै प्रदेशमा थपिए २०० जना कोरोनाका संक्रमित



Spread the love

२८ कार्तिक, कास्की। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०० जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको भएको छ।

यस अवधिमा ६४७ जनाको कोरोना परीक्षण गरिएको र नौ जना निको भएका छन्। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार ९०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ११४ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित चार हजार ८१० छन्।

कोरोना सङ्क्रमण भइ निको हुनेको सङ्ख्या चार हजार ९७९ पुगेको छ । प्रदेशमा हालसम्म ९८ हजार ७६२ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्