Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढ्यो



Spread the love

२९ कार्तिक, काठमाडौं । नेपालमा बिहिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हजार ५३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या १ सय ७ ले बढेको छ । एक हप्ता यता कोरोना संक्रमणभन्दा कोरोनामुक्त हुनेको संख्या बढेको थियो भने आज ह्यातै बढेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा २०५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ। यससँगै हालसम्म देशभर १२१५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्