Logo

गुलियो–चिल्लो सेलरोटीले स्वास्थ्य बिग्रियो? यसो गर्नुहोस्



Spread the love

तिहार सकिएसंगै घरघरमा सेल, विभिन्न प्रकारका रोटी र मिठाई हुने गर्छ । लक्ष्मी पूजाको दिनदेखि घरमा पाकेको सेल रोटी र बजारबाट ल्याइएको मिठाइ लगातार खाँदा धेरैजसोलाई स्वास्थ्यमा गडबडी देखिन सक्छ । यसै पनि चाडपर्वमा धेरैजसोको दिनचर्या बिग्रन्छ । त्यसैले यसरी स्वस्थ्य रहनुहोस।
मस्त निदाउनुहोस्ः
निद्रामा कमीको असर तपाईंको स्वास्थ्यमा पर्न सक्छ । चाडपर्व समाप्त भइसकेको छ, तसर्थ सबैभन्दा पहिले आफ्नो निद्रा पूरा गर्नुहोस् ।
तातोपानीमा कागती मिसाएर पिउनुहोस्ः
तपाईंले आफ्नो दिनको सुरुवात कागती पानीको साथमा गर्नुहोस् । एक गिलास तातो पानीमा आधा चम्चा कागतीको रस राख्नुहोस् ।
प्रोटिनको मात्रा बढाउनुहोस्ः
तौल घटाउन प्रोटिन सबैभन्दा बढी प्रभावकारी मानिन्छ । प्रोटिनले मांसपेशी बन्न सहयोग गर्छ । तपाईंको खानामा कुखुराको मासु, दाल र फलफूलजस्ता खानेकुरा समावेश गर्नुहोस् ।
फाइबर बढाउनुहोस्ः
फाइबरलाई एक प्राकृतिक डिटक्सिफाइङ एजेन्ट मानिन्छ । आफ्नो खानामा अत्यधिक फाइबर समावेश गर्नुहोस् ।
अत्यधिक पानी पिउनुहोस्ः
चाडपर्वमा अस्वस्थकर खाना खाएपछि शरीरलाई डिटक्स गर्न निकै आवश्यक छ, यसका लागि पानीभन्दा राम्रो विकल्प केही पनि हुनसक्दैन । दिनभरी ८ देखि ९ गिलास पानी पिउनुहोस् ।
खानामा थुप्रै कुरा समावेश गर्नुहोस्ः
आफ्नो खानामा कार्ब्स र फ्याटजस्ता सामग्री समावेश गर्नुहोस् । आफ्नो डाइटलाई ताजा फलफूल, सागसब्जी, दाल, नट्स र बिउले भरपुर बनाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्