काठमाडौं । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी हेडक्वार्टरले छानबिन र कारबाही गर्न साइबर ब्युरोलाई निर्देशन दिएको छ ।
श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा आइरहेको छ। उक्त दुर्व्यवहार राजधानीको कुन ठाउँमा भएको हो भन्ने यकिन भइसकेको छैन।
उक्त भिडियोमा आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले सो समूहलाई लखेट्न खोजेको देखिन्छ। मोटरसाइकलमा रहेको समूहले श्रेष्ठलाई दुर्व्यवहार गरेको आशंका गरिएको छ। निकिशा श्रेष्ठ तेस्रोलिङ्गी हुन । पहिले निकेश नाम भएकी उनी अफूलाई निकिशा भन्दै केटी भनेर चिनाउन चाहन्छीन ।
बुधबार प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न निर्देशन दिएको हो। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले उक्त भिडिओबारे छानबिन गरी दोषीलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए।