Logo

प्रहरी हवल्दार र जवानले अनिवार्य रुपमा घर बिदा पाउने



Spread the love

४ मंसिर, काठमाडौं । मंसिर १ गतेदेखि नेपाल प्रहरीमा नयाँ नियम लागू भएको छ । सबै प्रहरीले अनिवार्य रुपमा नियमावलीअनुसारको घर बिदा पाउने भएका छन् ।

प्रहरी हवल्दार र जवानका समस्या समाधान गरी प्रहरी सेवाप्रति उत्प्रेरणा बढाउन प्रहरी प्रधान कार्यालयले नयाँ कार्यक्रमहरू ल्याएको हो ।

त्यसअन्तर्गत मंसिरदेखि सबै प्रहरीले नियमावलीअनुसार न्यूनतम ४२ दिन बिदा पाउने भएका हुन् । नियमअनुसार बिदा नदिने कार्यालय प्रमुख कारबाहीमा पर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्