Logo

कोरोना संक्रमणबाट वडाध्यक्षको मुत्यु



Spread the love

४ मङ्सिर, जनकपुरधाम । कोरोनना संक्रमणबाट धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागिबिहीबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए। 

एक हप्ता पहिले ज्वरो लागेपछि पुष्पवलपुरस्थित स्वास्थ्यचौकीमा उपचार गराइएका वडाध्यक्षका स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो।

सोमबार कोरोना पुष्टि भएका वडाध्यक्षको शरीरमा अक्सिजन लेभल समेत कम रहेको थियो। वडाध्यक्ष मोक्तान तत्कालीन एमालेबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्