Logo

आज अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइँदै



Spread the love

५ मंसिर, काठमाडौं। श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरुले कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् ।

आजका दिन विधिपूर्वक सूर्यको पूजा आरधना गरी अघ्र्य दिएमा चर्म रोग पनि लाग्दैन भन्ने धार्मिक विश्वास रहेको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरिने यो पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्