Logo

अमेरिकी इतिहासमा ट्रम्प सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति – बाइडेन



Spread the love

एजेन्सी। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले चुनाव जितेपछि पहिलो पटक हार मान्न अस्विकार गरिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पमाथि निशाना साँधेका छन् । बिहिबार एक कार्यक्रमको बेला बाइडेनले ट्रम्पलाई इतिहासका सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति बताएका छन् ।

उनले भने, ‘हारिसकेपछि पनि जिद्दी गरिरहेका ट्रम्पले देशको लोकतन्त्रलाई पनि हानी पुर्याइरहेका छन् । ’

यसैबीच, जर्जियामा भएको पुनः मतगणनामा पनि बाइडेनले नै जीत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्