Logo

कोरोनाविरुद्ध चीनले बनाएको खोपको सफल परीक्षण



Spread the love

एजेन्सी। कोरोना भाइरसविरुद्ध चीनले बनाएको एक खोपको परीक्षणमा सफलता प्राप्त भएको अनुसन्धाताहरूले बताएका छन् । सिनोभ्याक बायोटेकको खोपले ७०० जना मानिसमा तत्काल इम्युन रेस्पोन्स गराएको अनुसन्धाताहरूले बताए ।

चीनमा चारवटा खोपको तेस्रो तथा अन्तिम परीक्षणको चरण चलिरहेको छ । त्यसमा सिनोभ्याक बायोटेकले बनाएको खोप पनि समावेश गरिएको छ ।

सिनोभ्याकको कोरोनाभ्याक खोपले तत्कालै इम्युन रेस्पोन्स गराएको बताइएको छ तर गत अप्रिल र मे महिनामा गरिएको अध्ययनले खोपको सफलता दरको प्रतिशत निर्धारण गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्