Logo

पेन्सिलभेनिया राज्यको अदालत गुहार्न पुगेका ट्रम्पको मुद्दा खारेज



Spread the love

एजेन्सी। निर्वाचन परिणाम अस्वीकार गरेका अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पको मुद्दा खारेज गरेको छ । जो बाइडेनको जितविरुद्ध पेन्सिलभेनिया राज्यको अदालत गुहार्न पुगेका ट्रम्पको मुद्दा अदालतले खारेज गरिदिएको हो ।

न्यायाधीश म्याथ्यू ब्रानले बाइडेनले ८० हजार भोटले चुनाव जितेको पेन्सिलभेनियामा ट्रम्पले हालेको मुद्दा खारेज गरेका हुन् ।

उता नवनिर्वाचित राष्ट्रपति जो बाइडेन जनवरी २० मा सत्ता सम्हाल्ने तयारीमा जुटेका छन ।

प्रतिक्रिया दिनुहोस्