Logo

माईतीघरमा चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन



Spread the love
माईतीघरमा चिनियाँ हस्तक्षेपविरुद्ध भब्य प्रदर्शन

काठमाडौं –  काठमाडौंमा आज चिनियाँ हस्तक्षेपको विरुद्धमा भब्य प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, ‘भुमि मिच्न पाइन्न,’ ‘बिदेशी हस्तक्षेप् बन्द गर’, ‘चाइना बिस्तारबाद मुर्दावाद’  जस्ता लेखेको प्लेकार्ड बोकेर  नारा घन्काएका थिए ।

स्वतन्त्र नागरिक समूहको नाममा ‘प्लाकार्ड’ बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका थिए ।

प्रदर्शनमा उत्रिएका उनीहरुले  नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्