Logo

अर्को महिनादेखि कोरोना भाइरसको भ्याक्सिन उपलब्ध हुने



Spread the love

८ मंसिर, एजेन्सी । अमेरिकी नागरिकले अर्को महिनादेखि कोरोना भाइरसको खोप लगाउन पाउने भएका छन् ।

अमेरिकामा कोरोना भाइरससम्बन्धि डाक्टर मोनसेफ सलोइले डिसेम्बर ११ तारिखदेखि अमेरिकाका नागरिकलाई कोरोना भाइरसको भ्याक्सिन दिन सकिने सम्भावना रहेको बिबिसीसँग उल्लेख गरेका छन् ।

उनले खोप आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गर्न सकिने उल्लेख गरेका छन् ।

अमेरिकामा फाइजर र मदेर्नाले उत्पादन गरेका खोपले उल्लेख्य प्रभावकारिता देखाएका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित राष्ट्रको शीर्ष स्थानमा अमेरिका नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्