Logo

डिसेम्बरबाट अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप पाउने



Spread the love

एजेन्सी। अमेरिकी नागरिकहरूले कोरोना भाइरसविरुद्धको खोप डिसेम्बर दोस्रो सातामा पाउने भएका छन् । कोरोना खोप कार्यक्रमका प्रमुख डाक्टर मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकी नागरिकले खोप पाउने बताएका हुन् ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन ‘एफडीए’ को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ ।

डा. स्लावीले अनुमति पाएको दुई दिनमै खोप दिन सकिने र खोप राज्यको जनसंख्याको आधारमा वितरण गरिने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्