Logo

चन्द्रमामा रहेको ढुंगा पृथ्वीमा ल्याउने चीनको तयारी



Spread the love

एजेन्सी । चीनले चन्द्रमामा रहेको ढुंगाको नमुना पृथ्वीमा ल्याउने तयारी गरेको छ । चीनले चाङ फाइभ नामको मानव रहित यान भोली मंगलबार चन्द्रमातर्फ पठाउँदैछ ।

अन्तरिक्ष यानको नाम ‘चाङ’ए’ प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो । त्यसलाई लङ मार्च फाइच नामक रकेटबाट प्रक्षेपण गरिनेछ ।

चीनले सन् १९७० को दशकयता पहिलोपटक चन्द्रमाबाट ढुंगाको नमुना ल्याउने प्रयास गर्न लागेको हो । पृथ्वीमा ल्याइने ढुंगाको नमुना चन्द्रमाको उत्पत्ति र विकासको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

यसअघि अमेरिका र तत्कालिन सोभियत संघ चन्द्रमाबाट ढुंगाको नमुना संकलन गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्