Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

९ मङ्सिर, काठमाडौं । नेपालमा बिहिबार थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हजार ७ सय ९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या १ हजार १ ले बढेको छ । एक हप्ता यता कोरोना संक्रमणभन्दा कोरोनामुक्त हुनेको संख्या बढेको थियो भने आज ह्यातै बढेको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएको छ । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्